ठगीको आरोपमा एक महिला पक्राउ

टुडे संवाददाता
२० जेष्ठ २०७७, मंगलवार २१:२५

जेठ २० , जनकपुरधाम /सस्तोमा ग्यास चुल्हो र सिलिण्डर उपलब्ध गराउने भन्दै सर्वसाधरणसँग रकम असुली गरी ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छन् ।

पक्राउ पर्नेमा सर्लाहीकाे गोडैता नगरपालिका-३ बस्ने राजरानी कुमारी कुशवाहा रहेकी छन् । उनले जिल्ला प्रशासन कार्यालय रौतहटमा नेपाल लाइफ सेटल च्यारिटी ट्रष्ट नामक संस्था दर्ता गराई रौतहटकै चन्द्रपुर-४ मा कार्यालय राखेको बताएकी थिइन् । सोही ट्रष्टले गरिब तथा विपन्न परिवारलाई सस्तोमा चुल्हो र सिलिण्डर उपलब्ध गराउने भन्दै उनले सर्वसाधरणसँग ३ हजार ५ सय रुपैयाँ असुली गरेको पीडितहरुले बताएका छन् ।

आफ्नो कार्यालयलाई मलेसिया सरकारको आर्थिक सहयोग रहेको दाबी गर्दै उनले ठगी धन्दा चलाएको पीडितहरुको आरोप छ ।

सर्वसाधरणसँग पैसा उठाएर राजारानी सम्पर्कविहीन बनेको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको सर्लाहीका प्रहरी प्रवक्ता मदन कुँवरले जानकारी दिए ।उनलाई सोमबार पक्राउ गरी ठगी, अपराधिक विश्वासघात तथा आपराधिक लाभको कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान थालिएको प्रवक्ता कुँवरले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*