खोलामा डुबेर मकवानपुरकी एक युवतीको मृत्यु

टुडे संवाददाता
२६ जेष्ठ २०७७, सोमबार २१:१२

जेठ २६,हेटौंडा /मनहरीमा खोलामा डुबेर एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी गाउँपालिका वडा नम्बर ९ ज्यामिरेकी १६ वर्षीया युवती सुनिता सुनुवार रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता इन्द्रबहादुर रानाले जानकारी दिए ।

सुनिताको राप्ती खोलामा डुबेर आज सोमबार दिउँसो मृत्यु भएको हो । साथीसँग जंगल गएकी उनको खोलाले चप्पल बगाएको र चप्पल लिन जाँदा खोला डुबेर मृत्यु भएको जिप्रका मकवानपुरका प्रवक्ता रानाले बताए ।

घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*