
जेठ २७,हेटौंडा/सरकारले कृषकहरुका लागि समयमा कृषि बालीमा लगाउने रासायनिक मल उपलब्ध नगराउँदा कृषकहरु मारमा परेका छन् ।
बागमती प्रदेशको राजधानी हेटौंडामा मंगलबार (आज) बिहान मल किन्न कृषकहरु बिहान ४ बजेदेखि लाइनमा बस्न बाध्य भएका छन्।
तिनै तहका सरकारले कृषि प्रधान देश कृषि क्रान्तिबाट मात्रै विकास सम्भव छ कृषि क्रान्तिको नारा लगाईरहदा यता समयमा समयमा बीऊविजन , मल नपाउनु दुखद पक्ष हो ।सरकारले कृषि सामग्री संस्थान मार्फत स्थानीय सहकारीहरुलाई मल उपलब्ध गराउँदै आएको छ । तर सिजनमा मलको अभाव हुदा मकवानपुरमा कृषक मर्कामा परेका छन्।
किसानहरु रासायनिक युरिया मल कतै नपाएपछि हिजो हेटौंडामा प्ले कर्ड सहित सरकारको विरोधमा सडकमा उत्रिएछि हेटौंडा उपमहानगरपालिकाको समन्वयमा ४०० बोरा मल मंगलबार बिहान हेटौंडा ४ को एक सहकारी मार्फत बाढिएको थियो ।
उनीहरुले हेटौंडा उपमहानगरपालिकाका उपमेयर मीना लामालाई मकैको बोट उपहारमा दिदैं स्थानीय सरकारको ध्यानाकर्षण समेत गरेका थिए ।तर आज मल पाइन्छ भनेपछि ४ बजेदेखि आएर लाइनमा बसेका कृषक ६ घण्टा सम्म उभिदा बल्ल बल्ल जम्मा २० केजि मल हातमा पर्दा निराश देखिन्थे ।
कोरोनाको माहामारी र लकडाउनको कुनै प्रवाह नगरी कृषकहरुको करिव आधा किलोमिटर लामो लाइन थियो ।कुनै सामाजिक दुरी कायम नगरी ठेलमठेल लाइनमा बसेका कृषकलाई कोरोनाको डर भन्दा पनि २० केजी मल सिद्दिएर रित्तो हाल फर्किनुपर्ने होकी भन्ने पिर थियो ।
किसानलाई चाहिने बेला चाहिएको मल अभाव गराउने र सरकारले व्यवस्थित संग किसानलाई मल बिउ उपलब्ध गराउन नसक्नु निकै दुखको कुरो भएको बताउदै सरकार प्रति किसानले आक्रोश पोखेका छन्। । संघिय सरकारले चासो नदिदा र सरकारले निजी क्षेत्रलाई नाफा कमाउने गरी नीति ल्याएकाले कृषकले मल सजिलै पाउन गाह्रो भएको मकवानपुर भीमफेदी गाउपालिकाका अध्यक्ष हिदम लामाको भनाइ छ ।
लाईनमा बस्न पुगेका सबैलाई मल नपुग्ने भएपछि हेटौंडामा केहीबेर तनाब समेत भएको थियो । प्रहरीले करीब ६ सय ५० जनालाई मात्रै पुग्छ बाँकी कृषक लाईनमा नबस्नुस् भने पछि मल जसरी पनि पाउनुपर्ने भन्दै कृषकहरु आक्रोशित भएका थिए ।
आफुहरुलाई सरकारले वडा र गाउकै सहकारी मार्फत मल उपलब्ध गराइदिए सजिलो हुने बताएका छन्। किसानले आफुहरुलाई स्थानिय सरकारले बालि लगाउनै पर्छ भनि मल भने उपलब्ध गराउन नसकेको भन्दै स्थानिय सरकार प्रति गुनासो पोखेका छन्। ।
उता हेटौंडा उपमहानगरपालिकाले लकडाउन भएपछी जिल्लाका कुनैपनि जग्गा खालि राख्न नहुने बालि नलगाए कारवाही गरिने बताउदै आएको छ । तर यता कृषक भने जम्मा २० केजी मल लिनका लागि बिहान ४ बजेदेखि खालि पेट चाउचाउ चपाउदै सडकमा घन्टौ उभिन बाध्य छन्।
समयमा कृषकहरुलाई आवश्यकीय वस्तु उपलब्ध नगराउने हो भने हामीले भन्दै आएको कृषि क्रान्ति गफमा मात्रै सिमित हुने निश्चित छ ।
र यो कोरोनाको माहामारीमा यसरि कृषकहरु ठेलमठेल लाइनमा बस्दा कोरोना भाइरसको संक्रमण फैलन सक्ने खतरा पनि उत्तिकै छ ।

