आज जोर नम्बर चल्न पाउने, एक जिल्लाबाट अर्कोमा जान नपाइने

हेटौडा टुडे
३० जेष्ठ २०७७, शुक्रबार ०८:०५

जेठ ३० , हेटौडा

आज लकडाउनको ८१ औँ दिन, आजदेखि जोर– विजोर प्रणालीमा निजी सवारी साधनहरु चल्ने भएका छन । आजदेखि काठमाडौँ उपत्यकासहित मुलुकभर जोर-विजोर प्रणालीमा निजी सवारीसाधन सञ्चालनमा रोक नलगाइएको भएको छ । तर ती सवारी साधनहरुलाई एउटा जिल्लाबाट अर्को जिल्लामा भने प्रवेश निशेष गरिएको छ ।

उपत्यकाको ३ जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरलाई एक जिल्ला मानी यो व्यवस्था लागु गरिएको छ । ट्राफिक प्रहरीका अनुसार ४ पांग्रे सवारी साधनमा चालकसहित ३ जना र मोटरसाइकल र स्कुटरमा चालक मात्र भएको खण्डमा त्यस्ता सवारीसाधनलाई भने रोकतोक नगरिने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*