
असार २,हेटौंडा / हेटौंडामा एक युवतीको शव फेला परेको छ । हेटौंडा उपमहानगरपालिका वडा नंबर ४ कर्राको सुर्यचोक नजिक अन्दाजी २०/२२ वर्षीया एक युवतीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी ईन्द्रबहादुर रानाले जानकारी दिनुभयो । शव कोठामा फेला परेका हो ।शवको पहिचान खुलिनसकेको र आत्महत्या हो वा हत्या हो भन्नेबारे अनुसन्धान भइरहेको डिएसपी रानाले बताए । हाल घटनास्थलमा डिएसपीको टोली पुगिसेकेको र अनुसन्धान सुरु गरेको बताईएको छ ।


सेयर गर्नुहोस्