आज मात्र ५ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि

टुडे संवादाता
८ असार २०७७, सोमबार १७:३९

असार ८,हेटौंडा /नेपालमा पछिल्लो २४ घण्टामा ५३५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रेस ब्रिफिङ अनुसार, ४६१ जना पुरुष र ७४ जना महिला गरी ५३५ जनामा संक्रमण पुष्टि भएको हो ।योसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या ९ हजार ५६१ जना पुगेको मन्त्रालयका प्रवक्ता डा.जागेशवर गौतमले जानकारी दिए ।

डा. गौतमका अनुसार,८९४ जना महिला र ८ हजार ६७७ जना पुरुष छन् । नेपालमा संक्रमितमध्ये हालसम्म २३ जनाको मृत्यु र २ हजार १४२ जनाको उपचारपछि डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा ३२ महिला र ३३८ जना पुरुष गरी ३७० जना संक्रमित डिस्चार्ज भएको छ ।

नेपालमा हालसम्म रसुवा बाहेक ७६ जिल्लामा कोरोना संक्रमित फेला परेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*