हेटौँडामा जोरबिजोर प्रणाली प्रभावकारी कार्यान्वयन भएन

टुडे संवादाता
८ असार २०७७, सोमबार १९:२१

असार ८,हेटौंडा /बागमती प्रदेशको राजधानी हेटौँडामा जोरविजोर प्रणाली लागु गरिएतापनी प्रभावकारी रुपमा कार्यान्वयन भने हुन सकेको छैन ।
कोरोना भाईरस संङक्रमणलाई मध्यनजर गर्दे सरकारले निजी सवारीसाधनलाई जोरविजोर प्रणालीमा लागु गरे सँगै हेटौँडामा भने यस प्रणालीलाई कार्यान्वयन गराउन स्थानीय प्रशासनको भुमिका गम्भिर देखिएको पाईदैन ।

हेटौँडा बजार क्षेत्र प्रवेश गर्ने विभिन्न चेक प्वाईन्टहरुमा सुरक्षकर्मी र ट्राफिक प्रहरी परिचालन गरीएता पनी ट्राफिक ब्यबस्थापन हुन सकेको छैन । विहानको समयमा कडाई गरीएता पनि दिउँसोको समयमा भने हेटौँडामा निर्वाद रुपमा जोरविजोर दुबै सवारीसाधनहरु चलिरहेका छन् ।

जिल्ला प्रशासन कार्यालयले जारी गरेको सवारी पासको कारण पनि जोरविजोर प्रणाली कार्यान्वयनमा समस्या देखिएको छ ।अत्यावश्यक क्षेत्र संग सम्बन्धित सवारीसाधनलाई भने जोरविजोर प्रणाली लागु गरीएको छैन ।  हेटौँडामा जोरविजोर प्रणाली उल्लङघन गर्ने सवारी साधनहरुलाई सुझाव दिने होल्ड गरेर राख्ने काम गरीएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक हरीविष्णु ढकालले जानकारी दिनुभयो । उहाँले सवारी नियम उल्लङघन गर्ने सवारी साघनहरुलाई कार्वाही प्रकृया निरन्तर रुपमा भईरहेको बताउनुभयो ।

बागमती प्रदेशको राजधानी समेत रहेको हेटौँडा भारतीयसिमा बाट नजिक रहेका कारण कोरोना भाईरस संङक्रमणको उच्च जोखिममा छ । राज्यले जारी गरेको निती निर्देशनलाई प्रभावकारी रुपमा कार्यान्वयन गराउन स्थानीय प्रशासनको ध्यान जान जरुरी देखिन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*