नेपाल परिवार नियोजन संघको घर घरमै सेवा

टुडे संवादाता
९ असार २०७७, मंगलवार १८:०६

असार ९ हेटौंडा /नेपाल परिवार नियोजन संघ मकवानपुरले घर घरमै सेवा प्रदान गरीरहेको छ । कोरोना जोखिम लाई मध्यनजर गर्दै स्वंयमसेविकाहरु परिचालनगरी घर घरमै पुगेर परिवार नियोजन सम्बन्धी सेवा प्रदान गरीरहेको हो ।

नेपाल परिवार नियोजन सघ मकवानपुरले लकडाउनको समयमा पनि समुदाय स्तरमै पुगेर परिवार नियोजन सम्बन्धी जनचेतना ,परिवार नियोजनका अस्थाई साधनहरु निशुल्क वितरण गरिरहेको छ । सथै संघले सुरक्षित गर्वपतन सम्बन्धी सेवा पनि प्रदान गरिरहेको छ । मकवानपुर जिल्ल भित्र संघको ९ वटा शाखा क्लिनिक रहेको छ । सबै शाखा क्लिनिकहरुमा गरी जम्मा ९ जना स्वस्थ स्वयंसेविका लाई सेवामा खटाएको छ ।त्यस्तै २५ जना युवाहरु लाई समुदायमै पुगेर जनचेतना फैलाउन साथी शिक्षक को रुपमा परिचालन गरिएको छ ।कोरोना भाईरसको सङ्क्रमणको विषम परिस्थिति लाई मध्यनजर गर्दै परिवार नियोजन संघ सम्बन्धी सम्पुर्ण सेवाहरु उच्च स्वास्थ सतर्कता अपनाएर घर घरमै पुगेर सेवा दिएको नेपाल परिवार नियोजन सघ मकवानपुरका शाखा प्रमुख दिपेन्द« श्रेष्ठले जानकारी दिनुभयो ।

लकडाउन पछिको समयमा नेपालमा समेत गर्ववती महिलाको सङख्या बढ्न सक्ने विश्लेषण भईरहदा परिवार नियोजन सम्बन्धी सेवालाई तदारुकता साथ अघि बढाईएको उहाँको भनाई छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*