
असार ९,हेटौंडा /जिल्ला प्रहरी कार्यालय मकवानपुरले अवैध लागू औषध सहित २ जना लाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालीका वडा नम्बर ४ बस्ने २९ बर्षिय रुपेश थापा र थाहा नगरपालिका वडा नम्बर १२ बस्ने १८ बर्षिय बिशेष स्याङतान रहेको मकवानपुर प्रहरीले जनाइएको छ । ।उनीहरु चालक र सह-चालक हुन् ।
हिजो (सोमवार) राति पूर्व पश्चिम लोकमार्ग अन्तर्गत हेटौंडा उपमहानगरपालीका वडा नम्बर ९ मा ईलाका प्रहरी कार्यालय पशुपतिनगर मकवानपुरबाट प्रहरी निरीक्षक देवराज काफ्लेको कमाण्डमा खटिएको चेकिङ टोलीले बिरगंजतर्फबाट पोखरातर्फ जाँदै गरेको ना ६ख ४९० नम्बर को डिजेल लोड रहेको ट्याङकरलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त ट्याङकरको क्याविनमा लुकाई छिपाई ल्याएको अवैध लागु औषध कोरेक्स १४०० एम.एल फेला परेको हो ।
उक्त ट्याङकर, लागु औषध ,ट्याङकर चालक,सहचालक स्याङतानलाई नियन्त्रणमा लिई आवस्यक अनुसन्धान भईरहेको मकवानपुर प्रहरीले जनाईएको छ ।