
असार ९,हेटौंडा /हेटौँडा उपमहानगरपालिका वडा नम्वर १८ रामधुनीमा बा ७ च ५८२९ नम्बरको हाइलक्स गाडिको ठक्करबाट ३ जना घाइते भएका छन् ।घाइते हुनेहरुमा स्थानीय ३५ बर्षीय देवेन्द्र घिमिरे, २२ बर्षीय केशब घिमिरे र ५ बर्षीय बालक संविधान बानियाँ रहेका छन् ।उनीहरुलाई उपचारको लागि हेटौँडा ११ थानाभर्याङस्थित चुरेहिल अस्पताल लगिएको छ ।
स्थानीयको अनुसार हाइलक्स गाडिले पहिला बालकलाई ठक्कर दिएको थियो ।ठक्कर दिएर भाग्ने क्रममा गाडिले ना २७ प ३१७४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।सो गाडि कालिका कन्स्ट्रक्सनको भएको बुझिएको छ ।
गाडिले ठक्कर दिएपछि आक्रोशित बनेका स्थानीयले ढुंगामुढा गर्नुको साथै प्रहरी चौकी ठुलोदमारमा समेत तोडफोड गरेका छन् । भिड नियन्त्रणका लागि घटनास्थलमा अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली पुगेको छ ।


सेयर गर्नुहोस्