हरिपुर नगरपालिकाका लेखा अधिकृत र लेखापाल घुससहित पक्राउ

टुडे संवाददाता
१० असार २०७७, बुधबार ०६:४०

असार १०,जनकपुरधाम/सर्लाहीको हरिपुर नगरपालिकाका लेखा अधिकृत र लेखापाललाई अख्तियारको टोलीले घुससहित पक्राउ गरेको छ।  लेखा अधिकृत भुपेन्द्रकुमार सिंह र लेखापाल रंजितकुमार राय यादव चार हजार रूपैयाँ घुस रकमसहित पक्राउ परेका हुन्। सेवाग्राहीबाट घुस लिइसकेको अवस्थामा दुवैजना कार्यालयबाटै मंगलवार पक्राउ परेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासले जनाएको छ।

विज्ञापन प्रकाशन बापतको भुक्तानी दिने क्रममा सेवाग्राहीसँग सिंह र यादवले चार हजार घुस लिएका थिए। अख्तियारले दुबै जनामाथि कारवाही तथा अनुसन्धान अगाडि बढाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*