ब्रम्हदेबि प्राबि हेटौंडा १२ ले सामाजिक दुरि कायम गरि पढाई सुरु

टुडे संवाददाता
१० असार २०७७, बुधबार १४:२४

असार १० हेटौंडा /चीनको बुहान प्रान्तबाट सुरुबाट भएको नोबल कोरोना भाईरस कोभिड १९ ले अहिले पनि विश्व नै आक्रान्त परिरहेको अवश्था छ । नेपालमा पनि अहिले यसले ठुलो असर पुर्याएको छ । कोरोनाका कारण माध्यमिक शिक्षा परिक्ष एसईई अवरुद्व हुनुकोे साथै पठनपाठन पनि स्थगित भएको छ । धेरै विद्यालयलाई क्वारेन्टिन तथा आइसुलेसन बनाईएको छ ।

यस्तैमा हैटौंडा उपमहानगरपालिकाको एक विदेयालयले समाजिक दुरि कायम गरि पठनपाठन सुरु गरेको छ । हेटौडा १२ मा रहेको ब्रहम्देबि प्राथमिक विद्यालयले सामाजिक दुरि कायम गर्दै पढाउन सुरु गरेको हो । अभिभावकको चाहाना अनुरुप विदयाथिलाई विद्यालयमै उपस्थित गराएर पढाउन सुरु गरिएको विद्यालयका प्रधानध्यापक गोकुल गौतमले जानकारी दिनुभयो ।

ब्रम्हदेबिले सामाजिक दुरि कायम गरि परिक्षणको रुपमा पढाई सञ्चालन गरेको उनले बताए । विद्यालयले पहिलो दिन सोमबार सञ्चालन गरेको पहिलो सिफ्ट को कक्षा ४ र ५ का गरि ७० प्रतिशत विद्याथि उपस्थित थिए । विद्यालयमा उपस्थित भएका विद्याथिलाई आवश्यक स्वास्थ सतर्कता अपनाएर पढाईएको प्रअ गौतमले जानकारी दिए । विद्याथिको शिक्षण सिकाई लाई निरन्तरता दिन अभिभाबक स्थानिय तह सँग समन्वय गरि स्वास्थ सुरक्षा सतर्कता अपनाएर पढाउन सरु ग्रिएको हो । बिस्तारै विद्याथिमा पढ्ने बानि हट्दै गएको छ । सामाजिक दुरि राखेर पढउन सकिन्छ कि भनेर सहजिकरण गरेका छौं प्रअ गौतमले थपे ।

अब अर्का हप्ता आइतबार कक्षा ४ र ५ तथा बुधबार कक्षा १,२ र ३ को कक्षा सञ्चालन हुने छ । एल आकारमा बेन्च राखेर दुरी कायम गरि एउटा बेन्चमा एक जना विद्याथि बस्ने ब्यवस्था गरिएको छ । एउटा कक्षामा जम्मा १० जना विद्याथि मात्र बस्ने छन् ।
विद्यालयले स्वास्थ सुरक्षामा बिशेष ध्यान दिइएको बताईएको छ । सबै विद्याथि तथा शिक्षकलाई माक्स अनिवार्य विद्यालय प्रवेस गर्दा गेटमै थर्मलगन ले ज्वरो नाप्ने सेनिटाइजरका प्रयोग र साबुन पानिले हात धुने ब्यवस्था गरिएको विद्यालयका अभिभावक संधका अध्यक्ष कुमार पोखरेल ले जानकारी दिए । आजको प्रदेश दैनिकमा समाचार छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*