उद्योगी,व्यवसायी र बैंकर्श बिच आज हेटौंडामा छलफल कार्यक्रम सम्पन्न

टुडे संवाददाता
१२ असार २०७७, शुक्रबार २०:३७

असार १२,हेटौंडा /मकवानपुर उद्योग वाणिज्य संघमा शुक्रबार बैंकर्श एसोसिएसन संग उद्योगी व्यवसायीहरुको बैंक सम्बन्धी समस्याको बारेमा छलफल भएको छ । संघका अध्यक्ष कृष्ण कटुवालको अध्यक्षतामा उद्योग संघ मकवानपुर, पुरानो नारायणी यातायात कम्पनी प्रा.लि., नारायणी यातायात व्यवसायी कम्पनी प्रा.लि. र होटेल एशोसिएसनका अध्यक्ष वा प्रतिनिधिहरुको उपस्थितिमा छलफल भएको हो ।

कार्यक्रममा बैंकर्स एशोसिएसनका अध्यक्ष रमेशराज प्याकुरेल तथा विभिन्न बैंकका शाखा प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा बोल्नुहुदै अध्यक्ष कटुवालले कोभिड १९ को कारण भएको लकडाउनले उद्योग व्यवसाय क्षेत्र जर्जर बनेको बताउनुहुदै यही अवस्थामा बैंकको किस्ता तिर्नका लागि आएको दवाव उचित नभएको बताउनुभयो । हालै मकवानपुरमा पनि बैंक ऋणकै कारण आत्महत्याको घटना भएकोले बैंकहरु पनि सजग र संवेदनशिल हुनुपर्ने बताउनु भयो । बैंकले सहज बाताबरण श्रृजना गर्नुपर्नेमा ब्याजदर बढाउने, व्यवसायीको स्वीकृति बेगर ऋण थपिदिने जस्ता उजुरी आफूसम्म आएकाले बैंकर्स एशोसिएसनले सबैसंग छलफल गरी कुनैपनि बैंकले त्यस किसिमको कार्य नगर्ने वातावरण बनाउन आग्रह गर्नुभयो । लकडाउन अवधिलाई लक्षित गरी बैंकले प्रदान गर्ने सुविधाहरु २ प्रतिशत व्याज छुट, थपकर्जा, पुनकर्जा जस्ता बिषयमा प्रष्ट सूचना निकाल्न पनि आग्रह गर्नुभयो । साथै सो अवधिको किस्तालाई पुनर्तालिका अनुसार भुक्तानी गर्न, पुनर्कर्जा बराबर व्याज कायम गर्ने बिषय मौद्रिक नीतिमा समेट्न सहयोग गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा पूरानो नारायणी यातायात कम्पनी प्रा.लि. का अध्यक्ष हिरालाल श्रेष्ठले आफूहरुले किस्ता पुनर्तालिका गनुपर्ने माग राखेको बताउनुहुदैै शर्तबन्ध तरिकाले व्याज घटेपनि सामान्य अवस्थामा व्याजदर बढेको बताउनु भयो । नारायणी यातायात व्यवसायी कम्पनी प्रा.लि.का कार्यकारी निर्देशक माधव अधिकारीले केही बैंकको व्याजदर बढेको केश आएकाले बैंकर्स एशोसिएसनले छलफल गरी एउटै नीति बनाउन आग्रह गर्नुभयो । उद्योग संघ मकवानपुरका वरिष्ठ उपाध्यक्ष स्वागतराज प्याकुरेलले बैंकहरुले आफ्नो बित्तीय अवस्थाअनुसार राष्ट्रबैंकको २ प्रतिशत छुटमा थप छुटसुविधा उपलब्ध गराउन आग्रह गर्नुभयो । त्यसैगरी पूरानो नारायणी यातायात कम्पनी प्रा.लि.का महासचिव सरोज कुमार खनालले तल्लो तहमा छलफल भएका बिषय बैंकर्स एशोसिएसनमार्फत मौद्रिक नीतिमा सुझाव स्वरुप लैजानका लागि माथिल्लो तहमा पनि जानकारी गराउन आग्रह गर्नुभयो ।

बैंकर्स एशोसिएसन मकवानपुरका अध्यक्ष रमेशराज प्याकुरेलले बैंकहरुको आधार दर घटेको र त्यो सार्वजनिकरुपमा नै पत्रपत्रिकामा आएकोले व्यक्तिगत सूचना नदिइएको र त्यो बैंकको सिस्टमबाटै हुने बताउनुभयो । किस्ताको पुनर्तालिकाको लागि १२.५ प्रतिशतको सुरक्षा व्यवस्था गर्नुपर्ने भएकाले बैंक अनिच्छुक भएको बताउनुभयो । केही पत्रिका र सामाजिक सञ्जालमा आएका बिषयले ऋणीहरु २०७६ फागुन अघिकै किस्ता तिर्न अनिच्छुक भएकाले मउवासंघ मार्फत त्रैमसिक किस्ता पौषसम्मको र मासिक किस्ता फागुन सम्मको चुक्ता गर्न उद्योगी÷व्यवसायीहरुलाई आग्रह गरिदिन अनुरोध गर्नुभयो । त्यस्तै बैंकर्स एशोसिएसनका तर्फबाट लकडाउन अवधिको व्याज पुनर्तालिका गरी एक बर्षभित्र चुक्ता गर्न वा सा“वा किस्ता संगै पूजिकरण गरी आगामी ५ बर्षभित्र तिर्ने गरी मौद्रिक नीति ल्याउन सुझाव दिएको बताउनुभयो । एभरेष्ट बैंकका सगुन नेपालले पनि सार्वजनिक रुपमा पत्रिकामै आएको बिषयहरु सबै ऋणीहरुलाई बैंकले जानकारी नगराएको बताउनुभयो ।
कार्यक्रममा मउवासंघका उपाध्यक्ष रामप्रसाद न्यौपाने, महासचिव प्रमोदसिंह रानाभाट, उद्योग संघ मकवानपुरका अध्यक्ष लेखराज पोखरेल, होटल एसोसिएसन मकवानपुरका निप्पु सर्राफ, पीडित होटेल व्यवसायी अतित मानन्धर तथा कुमारी बैंक, एनसिसि बैंक, सानिमा बैंक र सनराइज बैंकका शाखा प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*