गढी गाउँपालीकामापनि देखियो सलह किरा

टुडे संवाददाता
१३ असार २०७७, शनिबार २२:५३

असार १३,हेटौंडा  मकवानपुरगढीगाउपालिकामा सलह किरा भित्रिएको पाइएको छ । मकवानपुरगढि ७ सुकौराको बतासेडाडा , महादेब डाडामा लगाएतका भुभागहरुमा सनिबार हजारौ सलह किरा भित्रिएको गाउँपालिका कृषि शाखा प्रमुख चन्द्रकान्त चौधरीले हेटौंडा टुडेलाई बताउनु भयो ।

शुक्रबार राति छिमेकी देश भारतबाट करिब एक हजार फट्याङ्गरा जस्तो देखिने जातको सलह नामक किरा नेपाल प्रवेश गरेको बुझिएको सगंै चौधरीले भन्नुभयो सुकौराका किसानहरु चिन्तित बनेका छन् । आज दिउसो सलह मक्रानडाडा माथिको आकाशबाट उडान संगै आएको देख्ना गढि ३ निवासि स्थानिय कृष्ण अधिकारिले हेटौंडा टुडेलाई जानाकारि गराएका थिए ।  मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिका अन्तर्गतका बिभिन्न वडाहरुमा यस किराका कारण ठूलो क्षती पुग्ने खतरा बढेको देखिन्छ । सलह किराबाट बाली जोगाउनको लागि किसानहरुलाई किरा भगाउनको निम्ति थाल , टिन , ढ्याङ्ग्रो लगायतका सामाग्री बजाउने , आगो बाल्ने , माटोले हिर्काउने जस्ता क्रियाकलाप गर्न सकिने उपायहरुका विषयमा जानकारी स्थानियलाई गराएको समेत चौधरीले बताउनुभयो ।

फट्याङ्ग्र वर्गको कीरामा पर्ने सलह अफ्रिकी मुलुकबाट अरेबियन देश हुँदै एसियाको इरान, अफगानिस्तान, पाकिस्तान र भारतसम्म आइपुगेको थियो । नेपालमै पहिलोपटक शनिबार बिहान सलह कीरा देखिएको केन्द्रले जनाएको छ । सलह किराले बालीमा अमेरिकी फौजी कीराले भन्दा अनेकौ गुना बढी क्षति पु¥याउने जानकारले बताएका छन । विज्ञका अनुसार करोडौंको सङ्ख्यामा रहने सलहले हरियो वनस्पतिलाई छोटो समयमा पात र डाँठसमेत खाएर नष्ट पारिदिन्छ । जेठ देखि असोजसम्म बढी प्रकोप हुने सलह किरा एकै दिनमा १५० किलोमिटर भन्दा टाढासम्म पुगेर बालीनालीमा क्षति पु¥याउने विज्ञ बताएका छन् ।

यो पनि पढ्नुहोस,

सलह नियन्त्रण गर्न प्रदेश ५ सरकारको आइडियाः एक किलो सलह समाते २० रुपैयाँ

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*