दुर्घटना अपडेट: धितालको श्रीमति संगै छोरोको पनि मृत्यु, चालकको अबस्था अझै गम्भिर

असार १६, चितवन
गैरसरकारी संस्था महासंघ मकवानपुरका अध्यक्ष कृष्ण धितालको परिवार सवार सवारि दुर्घटनामा परि उपचार गराईरहेका धितालका १७ वर्षिय अनुज धितालको पनि मृत्यु भएको छ । चितवनको सीएमसी मेडिकल कलेजमा उपचारका क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी डिएसपी सुर्य थापाले जानकारी दिनुभयो । यसअघि सोमबार साँझ धितालकी श्रीमती बर्ष ४८ की प्रभा गौतमको उपचारका लागि ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको थियो।
दुर्घटनामा पर्नुभएका कृष्ण धिताल र उहाँकी छोरीको अबस्था सामान्य छ भने चालकको अबस्था गम्भिर बुझिएको छ ।हिजो नारायणगढ मुग्लिन सडक खण्डमा मुग्लिनबाट नारायणगढ तर्फ आईरहेको बा१३च ५९२९ नम्बरको स्कार्पियो र बिपरित दिसाबाट गइरहेको भारतिय नम्बरको ग्यास बुलेट एक आपसमा ठक्कर खादा दुर्घटना भएको थियो ।