मकवानपुर उद्योग वाणिज्य संघद्धारा एक महिनाको भाडा छुट

हेटौडा टुडे
१८ असार २०७७, बिहीबार २२:२३

असार १८ , हेटौडा

मकवानपुर उद्योग वाणिज्य संघले एक महिनाको पसल भाडा छुट गर्ने घोषणा गरेको छ । नेपाल सरकारद्धारा नागरिकलाई सुरक्षित राख्न २०७६ चैत्र ११ गतेदेखि लकडाउन घोषणा गर्दा उद्योग व्यवसाय क्षेत्र नराम्ररी प्रभावित हुन पुगेको छ । संघले पनि लकडाउनको कारण सिर्जित उद्योगी÷व्यवसायीहरुको समयस्याहरुलाई उचितरुपमा समाधान गर्न विभिन्न उपायहरु प्रस्तुत गर्दै नेपाल उद्योग वाणिज्य महासंघ मार्फत वा सिधै नेपाल सरकारका जिम्मेवार निकायहरुमा पनि प्रक्रियागतरुपमा अनुरोध गर्दै आएको छ । यसै बीच संघको भवनमा र पल्पसा परिसरमा रहेको कुल २६ वटा पसल कवलको एक महिनाको पसल भाडा छुट गरिएको हो । लकडाउन लगायत विभिन्न हिसाबले संघको आयश्रोतमा परिरहेको असरको बाबजुद पनि यो छुटको व्यवस्था गरिएको संघका अध्यक्ष कृष्ण कटुवालले बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*