हेटौंडामा १ सय २८ किलो गाँजा सहित २ जना पक्राउ

टुडे संवाददाता
२० असार २०७७, शनिबार २१:५०

असार २० ,हेटौँडा/हेटौँडामा तेल बोक्ने टयाङकरबाट १२८ किलो गाँजा बरामद भएको छ।ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी निरीक्षक देवराज काफ्लेको कमाण्डमा खटिएको प्रहरी टोलीले पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौँडा-१५ रोतोमाटेमा हेटौँडाबाट बिरगन्ज तर्फ जाँदै गरेको ना ६ ख ६९७४ नम्बरको तेल ट्याङकरलाई रोकि चेकजाँच गर्दा १२८ किलो गाँजा सहित २ जनालाई पक्राउ गरेको छ।

गाँजा सहित पक्राउ पर्नेमा ट्याङकर चालक जितपुर सिमरा-२३ बस्ने २७ बर्षीय एमामुल हक देवान र ट्याङकरमा सवार सोहि २४ बर्षीय मोहरवान अंसारी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी इन्द्र बहादुर रानाले बताएका छन्। पक्राउ परेका उनिहरुको आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।लकडाउन अवधिमा मकवानपुर प्रहरीले जिल्लाको विभिन्न स्थानबाट लागुऔषध बोकेको ३ वटा तेल ट्याङकरलाई नियन्त्रणमा लिइएको मकवानपुर प्रहरी प्रमुख एसपी सुशील सिंह राठौरले बताएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*