असार २१,हेटौडा/नेपालमा थप २९३ कोरोना संक्रमित थपिएका छन्, । पछिल्लो २४ घण्टामा २ सय ९३ थपिएसँगै कोरोना संक्रमितको संख्या १५ हजार ७ सय ८४ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जगेश्वर गौतमले आइतबार नियमित प्रेस व्रिफिङमा नयाँ संक्रमितबारे जानकारी गराएका हुन्, ।
नेपालका विभिन्न क्वारेन्टिनमा ३१ हजार ५७१ जना रहेका छन्, । विगत २४ घण्टामा १३२ संक्रमण मुक्त भएका छन्, ।
योसँगै हालसम्म ६ हजार ५४७ जम्मा कोरोना निको भएर डिस्चार्ज भएका छन्,। देशका २५ वटा प्रयोगशालामार्फत कोरोनो परीक्षण भइरहेको छ ।
सेयर गर्नुहोस्