असार २१, हेटौंडा
सामाजीक दुरी कार्यम गर्दै लायन्स कल्ब अफ हेटौडाको बर्ष २०२०/२१ को पदस्थापन कार्यक्रम आईतबार सम्पन्न भएको छ । कल्बको आफनै भबन हेटौडा ४ कर्रामा आयोजित कार्यक्रम्मा बर्ष २०१९/२० का अध्यक्ष नरेन्द्र महर्जनले बर्ष २०२०/२१ का अध्यक्ष राजु नेपाललाई पद हस्तान्तरण गर्नु भएको थियो । कल्बको बर्ष २०२०/२१ का लागी प्रथम उपाध्यक्षमा माधब न्यौपाने,दितिय उपाध्यक्षमा रमेश गिरी,सचिब तुलसी रिजाल,कोषाध्यक्ष बिष्णुलाल महर्जन चयन हुनु भएको छ । कार्यक्रम्मा राष्ट्रिय गान,झण्डाको अभिबादन संगै बिश्वशान्तिको लागी एक मिनेट मौनधारण समेत गरीएको थियो । कार्यक्रममा कल्बका निबर्तामान अध्यक्ष सुर्दशन अधिकारीले स्वागत गर्दै कल्बले गरेका गत्तिबिधि तथा कल्बले पाएका अवार्डहरुका बारेमा जानकारी गराउनु भएको थियो ।
लायन्स कल्ब अफ नेपाल ३२५ बि टु का पुर्ब सिनियर डिष्ट्रक एडभाईजर राम श्रेष्ठको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रम्मा कल्बका पुर्ब अध्यक्षहरु भागरथी शर्मा,मुक्तीगोबिन्द बैध,बजरंग सिंह,डा.बलराम भट्ट लगाएतका बरिष्ठ लायन्सकर्मीहरुको सहभागीता रहेको थियो । यो कल्ब ४३ बर्ष अघि स्थापना भएको हेटौडाको पहिलो लायन्स कल्ब हो । यही कल्बले जन्माएका लायन्सकल्बहरु मार्फत मकवानपुरका धेरै लायन्सकर्मीहरुले ३२५ बि टु मा आफनो उपस्थिती देखाई सकेकाछन । कार्यक्रमका प्रमुख अतिथी श्रेष्ठले पुरानो कल्बको ईतिहासलाई उत्तिकै उर्जाशिल बनाउन भुमिका खेल्ने कल्बका सबै सदस्यहरुमा धन्याद दिदै नयाँ सदस्यहरुलाई अझ सकृयताका साथ सामाजिक कार्यमा लाग्न र कल्बको सकृयता बढाउन आग्रह गर्नु भयो । कार्यक्रम्मा पदहस्तान्तरण गर्दै अध्यक्ष महर्जनले आफनो कार्यकालमा गरेका महत्वपुर्ण कार्यहरुमा सहयोग गर्ने सबैमा हार्दीक धन्यबाद दिनु भएको थियो । यस्तै पदग्रहण गर्दै कल्बका बर्ष २०२०/२१ का अध्यक्ष नेपालले कल्बबका बार्षिक कार्यक्रहरु लाई निरन्तरता दिदै नयाँ कार्यक्रहरु लयाए कल्बको सकृयता बढाउने प्रतिबद्धता ब्यक्त गर्नु भएको थियो । पदहस्तान्तरण कार्यक्रम बर्ष २०१९/२० का अध्यक्ष्ँ नरेन्द्र महर्जनको सभापतित्वमा सम्पन्न भएको थियो ।