बागमती प्रदेश प्रमुखद्धारा ऐतिहासिक मकवानपुरगढि दरबारको अवलोकन

हेटौडा टुडे
२२ असार २०७७, सोमबार ०८:५८

असार २२ , हेटौंडा

बागमती प्रदेश प्रमुख माननीय विश्नु प्रसाईंले ऐतिहासिक मकवानपुरगढि दरबारको दृश्यावलोकन गर्नु भएको छ । आईतबार बिहान गाउपालिकाका अध्यक्ष बिदुर हुमागाई र उपाध्यक्ष हर्कमाया रम्बा त्यस्तै पालिकाका प्रमुख प्रसासकिय अधिकृत राजकुमार पुडासैनि लगाएतकाले संयुक्त रुपमा मकवानपुरगढि दरबारको बस्तु स्थितिको प्रत्यक्ष अबलोकन गर्नू भएको हो ।

ऐतिहासिक मकवानपुरगढि दरबारको दृश्यावलोकन गदै प्रदेश प्रमुख माननीय विश्नु प्रसाईंले प्राकृतिक तथा ऐतिहासिक सम्पदाको सम्बदर्न संगै यस ठाउको भबनहरुको जिर्णदार तत्काल गर्नु पर्ने अबस्थामा रहेको बताउनु भयो साथै चौर वरपर उम्रिएको घासपातको तत्काल ब्यबस्थापन गरिनु पर्ने पनि जानाकारि दिनूभयो । साथ साथै पर्यटकिय गन्तब्य बन्दै गरको ऐतिहासिक मकवानपुरगढि दरबार प्रबेसमा अब टिकट सिस्टम लागु हुने कुरा जानकारि लिदै आफु सदैभ प्राचिन तथा ऐतिहासिक सम्पदाको संरक्षणका निम्ति सकारात्मक रहेको बताउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*