खाना पकाउने क्रममा करेन्ट लागी एक महिलाको मृत्यु

टुडे संवादाता
२४ असार २०७७, बुधबार २०:३५

असार २५,सप्तरी/सप्तरीको कञ्चनरुप नगरपालिकामा खाना पकाउने क्रममा विद्युत् चुहावट हुँदा आज एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कञ्चनरुप नगरपालिका–४ जगतपुर बस्ने २३ वर्षीया लिलम चौधरीको करेण्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । घरमा खाना पकाउने क्रममा करेन्ट लागी घाइते चौधरीलाई उपचारको लागि राजविराजस्थित अस्पताल ल्याउने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*