
असार २७,काठमाडौं /डिएआर मुभिजले ‘रक तीज’ दोहोरी गीत सार्वजनिक गरेको छ । तीजमाथिको विकृतिलाई गीत मार्फत देखाउन खोजिएको छ ।
व्याटल कन्सेप्टमा बनेको गीतमा शब्द, लय, संगीत तथा स्वर प्रभावन जेको रहेको छ भने भुवन बडु, जीवन बडु, पुष्पा बोहरा, स्मृति शाही, बिबेक चौलागाईं र माही बडुको पार्स्व स्वर रहेको छ । र्यापर जगत तिर्वाले गीतमा र्याप गरेका छन् ।
जगतको र्यापले आधुनिकताको भड्किलो संस्कृतिलाई प्रस्तुत गर्न खोजिएको छ । जीवन बडुले म्युजिक एरेन्ज गरेका हुन् भने गीत बिग परिवेश रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो ।
प्रभावन जे को परिकल्पना तथा निर्देशनमा बनेको भिडियोमा सरोज दाहाल, राजाराम गौतम, विवेक चौलागाई, अनु पराजुली, रोजि कुंवर, आयुष्मा कार्की, भुवन बडु, जीवन बडु, माहि बडु, स्मृति शाही, दिपक कार्की, लक्ष्मण चौलागाई, सन्तोष सुनुवार, मुकेश घतानी र साथमा साथीहरुको अभिनय गरेका छन् ।
ज्ञानेन्द्र शर्मा हुमागाईंको उत्कृष्ट छायांकन रहेको भिडियोमा माधव श्रेष्ठको कोरियोग्राफि र यमुना पाण्डेको श्रृंगार रहेको छ । विष्णु खड्काले भिडियोको सम्पादन गरेका हुन् ।
गीतको भिडियो हेर्नुहोस् ।
तीजमाथिको विकृतिलाई व्यंग्य गर्दै आयो ‘रक तीज’
Gepostet von Hetauda Today am Freitag, 10. Juli 2020

