भौतिक पुर्वाधार विकास मन्त्रालयद्वारा मकवानपुर ट्राफिकलाई सुरक्षा सामाग्री सहयोग

टुडे संवादाता
२७ असार २०७७, शनिबार १८:०१

असार २७,हेटौंडा/बागमती प्रदेश भौतिक पुर्वाधार विकास मन्त्रालयले आज (शनिवार) जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरलाई ट्राफिक सुरक्षा सामाग्री सहयोग गरेको छ ।
मन्त्रालयले प्रदेशको राजधानी समेत रहेको हेटौंडाको ट्राफिक ब्यबस्थापन सहज बनाउन ट्राफिक सुरक्षा सामाग्री सहयोग गरेको हो ।

मन्त्रालयले प्लास्टिक रोड डिभाईडर दश थान ,ट्राफिक सेफ्टी कोट एक सय २५ थान,ट्राफिक ज्याकेट ६५ थान,म्याजिक लाईट २० थान,सहयोग गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

सहयोग प्राप्त सामाग्री आवश्कता अनुसार प्रयोग गरीने जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।आज मात्रै बुद्धचोक आसपासमा ६ वटा डिभाईडर राखिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*