हेटौँडा ७ का गौतम परिवारले गरे ट्राफिकलाई ब्यारिगेट सहयोग

टुडे संवादाता
२८ असार २०७७, आईतवार १८:५३

असार २८,हेटौंडा/ब्यारिगेट सहयोग हेटौँडा उपमहानगरपालिका वडा नंबर ७ निवासी बिजय गौतम र विप्लब गौतमले ट्राफिक प्रहरीलाई २ थान ब्यारिगेट सहयोग गरेका छन् ।

ट्राफिक प्रहरीको लागि अत्यावश्यक रहेको ब्यारिगेट सहयोग गरिएको विजय गौतमले जानकारी दिनुभयो । उहाँले आज वडा नम्बर ७ मा जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरिक्षक हरी विष्णलाई हस्तान्तरण गर्नुभएको हो ।

ट्राफिक प्रहीले सबारी जाँचको कार्य हुँदैछ भन्ने सूचना दिनको लागि प्रयोग गर्ने ब्यारिगेट हस्तान्तरण गर्दै गौतमले प्रहरीलाई सहयोग गर्नु आम नागरिकको दायित्व भएको बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*