सुस्मीता हत्या काण्ड: आरोपी चारजनाको बयान सकियो

टुडे संवादाता
२९ असार २०७७, सोमबार १९:४६

असार २९,हेटौंडा/हेटौंडा उपमहानगरपालिका–४ की सुस्मीता थापाको हत्या अभियोगका चार आरोपीको बयान सकीएको छ ।हत्या अभियोगमा पक्राउ परी जिल्ला अदालतमा अभियोग पत्र दर्ता भएका आरोपितहरु शशुरा प्रकाश थापा, शाशु तुलसा थापा, नन्द सिता थापा र दुर्गा थापाको बयान सकीएको हो ।

न्यायधीश सिता शर्मा अधिकारीको इजलाशमा अभियुक्तहरुको बयान लिईएको थियो । सरकारी वकीलको कार्यालय मार्फत अभियोग पत्र दर्ता भएको कर्तब्य ज्यान मुद्दामा भोली थुनछेक बहस हुँदैछ । मृतक थापाको असार २ गते हत्या भएको थियो । घटनामा ४ जना अभियुक्तलाई पक्राउ गरि प्रहरीले असार १५ गते सार्वजनिक गरेको थियो ।

घटनामा संलग्न ज्वाई अरुण कार्की भने फरार रहेका छन् । हत्या अभियोगमा ससुरा प्रकाश थापा र नन्द सीता थापालाई आजीवन कैद सजायको माग दाबी सहित मुद्दा दर्ता भएको छ । यस्तै नन्द दुर्गा थापा र उनका पति अरुण कार्कीलाई हत्यामा षड्यन्त्र गरेको दाबी गर्दै २५ वर्ष कैद सजाय माग गरिएको छ । सासु तुलसा कुमारी थापालाई मतियारको रूपमा लिंदै साढे १२ वर्ष कैद सजायको माग दाबी लिईएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*