लकडाउन खुकुलो भएपनि ब्यबसाय सन्तोषजनक भएन :महासचिव घिमिरे

टुडे संवादता
३० असार २०७७, मंगलवार १६:५१

असार ३०, हेटौंडा/मकवानपुर चेम्बर अफ कर्मसका महासचिव एवंम् युवा ब्यबसायी रविन्द« घिमिरेले लकडाउनका कारण प्रभावित बनेको ब्यवसाय लकडाउन केही खुकुलो भए पश्चात पनि ब्यापार नभएको बताएका छन् ।

सार्वजनिक यातायात संञ्चालनमा नआएका कारण गाँउबाट आउने उपभोता बजार आउन सकेका छैनन् ।ग्रामिण भेगका उपभोक्ता नआएपछी ब्यापार ब्यवसाय अझै ठप्प रहेको महासचिव घिमिरेले बताए । कपडा तथा तयारी पोसाक ब्यबसायी संघ मकवनपुरका पुर्व उपाध्यक्ष समेत रहनुभएका युवा ब्यबसायी घिमिरेले नयाँ सामान आयात नभएका कारण आएका केही उपभोक्ताहरु समेत खालिहात फर्कनुपरेको बताए ।जसले गर्दा ब्यबसायीहरु थप मारम परेको उनले बताए । बैँँक बाट कर्जा लिई ब्यबसाय गर्ने ब्यबसायीहरुले बैक किस्ता ,ब्याज र घर भाडा तिर्न सक्ने अवस्था समेत नरहेको भन्दै उनले बैँक तथा वित्तिय संस्थाहरुले ब्यवसायीहरुको समस्या सम्बोधन गरी बैँक किस्ता र ब्याज तिर्ने अवधि थप गर्नुपर्ने बताए ।

हेटौडामा घर भाडामा लिएर ब्यबसाय गरीरहेका केही ब्यबसायीहरुले भने घरभाडमा सौलियत पाएको बताए ।तर घरभाडमा समेत छुट नपाउने ब्यबसायीहरु भने झन समस्यामा परेको महासचिव घिमिरेले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*