प्रेस युनियन मकवानपुरका अध्यक्ष अधिकारीलाई पितृशोक

टुडे संवादाता
३० असार २०७७, मंगलवार २१:३०

 असार३०, हेटौंडा/प्रेस युनियन मकवानपुर अध्यक्ष ,नेपाल पत्रकार महासंघ मकवानपुर उपाध्यक्ष कुमार अधिकारी (पोष्टराज)लाई पितृशोक परेको छ ।

अधिकारीका ७२ बर्षीय बुबा गोपाल प्रसाद अधिकारीको  मंगलबार साँझ निधन भएको हो।

टाउको सम्बन्धी रोगबाट पीडित रहेका उनको मंगलबार काठमाडौँ महाराजगन्जमा रहेको त्रिवी शिक्षण अस्पतालमा उपचारको क्रममा निधन भएको परिवारजनले जानकारी दिएका छन् ।

अधिकारीको  तीन छोरा, दूई छोरी र श्रीमति रहेका छन् । उहाँँकाेे जेठा छाेेरा उद्वव संचारकर्मि, माहिला छाेरा कुमार अधिकारी पाेष्टराज प्रेस युनियनका अध्यक्ष तथा पत्रकार महासंघका उपाध्यक्ष हुनुहुन्छ र  कान्छाे छाेरा दीपक अधिकारी महासंघकाे पार्सद हुनुहुन्छ ।   मकवानपुरका पत्रकारले अधिकारीको परिवारप्रति समावेदना व्यक्त गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*