
असार ३१,हेटौंडा/मकवानपुर जिल्लाको इन्द्रसरोवर गाउँपालिकामा भीरबाट लडेर एकजनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा इन्द्रसरोवर गाउँपालिका वडा नम्बर २ कुलेखानी लिपानीका ३६ वर्षिय किताब सिं घिसिङको भीरबाट लडेर मृत्यु भएको हो ।
असार ३१ गते बुधबार कुलेखानीबाट घरतर्फ जानेक्रममा भिरको गोरेटोबाट खसेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता एवम् डि.एस.पी इन्द्र बहादुर राणा मगरले जानकारी दिनुभयो ।
भिरको गोरेटोबाट अन्दाजी १० मिटर तल उनको शव फेला परेको थियो । घिसिङको शव पोष्टमार्टमका लागि हेटौडा अस्पतालमा पठाइएको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता रानाले जानकारी दिनुभयो ।


सेयर गर्नुहोस्