हेटौंडामा छिट्टै प्याराडाइज क्रियटिभ स्टुडियो (संगीत ईन्सिच्युट) सञ्चालनमा

टुडे संवादाता
५ श्रावण २०७७, सोमबार १९:४४

साउन५,हेटौंडा/ हेटौंडेली युवा कलाकार प्रलय चौलागाईंका टिमको प्याराडाइज क्रियटिभ स्टुडियो (संगीत ईन्सिच्युट) छिटै सञ्चालनमा आउनेभएको छ । सञ्चालकहरु प्रलय चौलागाई ,पर्वत राई र विष्णु ठकुरीले हेटौडा उपमहानगरपालीका वडा नम्बर ४ हुप्राचौरमा ईन्सिच्युट सञ्चालनमा ल्याउने भएका हो ।

संगीत बाट नै मकवानपुर जिल्लालाई चिनाउने उद्देश्यका साथ सुन्दर नगरिय हेटौंडाको मुटुमा प्याराडाइज क्रियटिभ स्टुडियो सञ्चालनमा आउन लागेको सञ्चालक प्रलय चौलागाई ले जानकारी दिनुभयो ।

करिब ५ लाख लागतमा सञ्चालनमा आउन लागेको क्रियटिभ स्टुडियोमा दक्ष प्रशिक्षक बाट गीत,नृत्य,अभिनय र हरेक दिन विहान जुम्बा कक्षाको व्यवस्था रहेको छ । मोटोपन भएकाहरुलाई जुम्बा कक्षा उचित रहने सञ्चालकहरु बताउछन् ।

३ जना प्रशिक्षक द्वारा विहान, दिवा तथा बेलुका गरेर ३ सिफ्टमा कक्षाहरु सञ्चालन हुने बताईएको छ ।

प्याराडाइज क्रियटिभ स्टुडियोमा सुरुमा भर्ना गर्नुपर्ने हुन्छ ,जसको लागी रु ५ सय शुल्क तिर्नुपर्ने हुन्छ । ईच्छुक जो कोहीले पनि सिक्न पाईने व्यवस्था छ ।
सरुमा आउनेहरुको लागी अर्थात स्थापनाकालको अवसरमा संगीत सिक्न आउने हरुका लागी विशेष छुटको व्यवस्था रहेको सञ्चाल चौलागाइ बताउनुहुन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*