साउन ८,हेटौंडा /मकवानपुरमा सवारी दुर्घटनामा परी मृत्यु हुनेको संख्यामा बृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षमा ५३ जनाले दुर्घटनामा ज्यान गुमाएका थिए । यस वर्ष यो संख्या बढेर ६९ पुगेको छ ।
पुर्वपश्चिम राजमार्ग संग जोडिएको, साँघुरो सडक, बिना लाईसेन्स सवारी चलाउने, चालक तथा पैदलयात्रीको लापरवाहीका कारण मकवानपुरमा दुर्घटना बढेको प्रहरीको अनुसन्धानले देखाएको छ । प्रहरीले दुर्घटना रोक्न नियम विपरित सवारी चलाउने सवारी धनी र चालकहरुलाई कारवाही गर्ने रणनिती अघि बढाएको छ । दुर्घटना न्युनिकरणका लागि जनचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्न भने सकेको छैन ।
कोरोना भाइरसका कारण लामो समय लकडाउन हुँदा चेतना मुलक अभियान सञ्चालनमा कठिनाई भएको प्रहरी निरिक्षक हरिविष्णु ढकालले बताउनुभयो । ट्राफिक प्रहरीले अघिल्लो वर्ष १९ हजार ५ सय ६३ सवारीसाधनलाई कार्वाही गरी एक करोड २६ लाख ५७ हजार पाँच सय रुपौँया राजस्व संङकलन गरेको थियो । यसवर्ष १७ हजार ४ सय १४ सवारी साधनलाई कार्वाही गरीएको छ । कारवाहीबाट एककरोड २४ लाख ७५ हजार राजस्व संकलन भएको छ । लकडाउनका कारण राजस्व संकलनमा कमी आएको प्रहरीको दावी छ ।