श्रावण १०,हेटौंडा/मकवानपुरगढी गाउँपालिका वडा नम्वर ३ मा रहेको श्री भानु माद्यामिक विद्यालयमा नयाँ १२ कोठे भवन निर्माण गर्दा प्राविधिक रुपमा गम्भीर त्रुटी भएको इन्जिनियर डा. कृष्ण भेटवालले बताएका छन् ।
तु खबरसँग कुराकानी गर्दै इन्जिनियर डा. भेटवालले भवन निर्माण गर्दा अपनाउनु पर्ने सामान्य मापदंड समेत पालना नगर्नु दुखद् भएको बताएका हुन् ।
निर्माण समितिकै मिलेमतोमा गम्भीर लापरबाही भएको तथ्य र तस्वीर सार्वजनिक भएपछि त्यसबारे थप जान्न हामी डा. भेटवालकहाँ पुगेको थियो ।
विद्यालय निर्माण गर्दा मापदण्ड विपरित क्यूब टेस्ट र ल्याब टेस्टसमेत नगरी भवन निर्माण गरेको तथ्य मकवानपुरगढी गाउँपालिकाका तर्फबाट सो विद्यालय भवन हेर्न तोकिएका प्राविधिक बिष्णु ढुंगानाले नै स्वीकार गरेपछि यो विषय झनै गम्भीर हुन पुगेको छ ।
निर्माण समितिले क्युब टेस्ट र ल्याब टेस्ट गर्नुपथ्र्यो, प्राविधिक ढुंगानाले सञ्चारकर्मीहरु माझ हिजो भनेका थिए । तपाइहरुले भवन बनाउँदा क्युब टेस्ट र ल्याब टेस्ट गर्नुभएको थियो त भनी सोध्दा उनले भने– ‘त्यो गर्नुपथ्र्यो, हतारमा परियो ।’
विद्यालय भवन निर्माण गर्दा समेत प्राविधिक र निर्माण समितिको मिलेमतोमा यस्तो गम्भीर गल्ती गरेपछि क्युब टेस्ट र ल्याब टेस्ट नगर्दा त्यसको हानी के हुन्छ भन्ने जिज्ञासाका कारण हामी विषय बिज्ञसँग कुराकानी गर्ने क्रममा इन्जिनियर डा. भेटवालकहाँ पुगेका थियौँ ।
डा. भेटवालले भवन मापदण्ड अनुसार गुणस्तरीय बने नबनेको पत्ता लगाउन अब फिल्ड टेस्ट गर्नुपर्ने सुझाव समेत दिएका छन् ।
व्यक्तिगत भवन निर्माण गर्दा पनि मापदण्ड अनुसारका टेस्टहरु गर्नुपर्ने हुन्छ, सार्वजनिक भवनहरु, विद्यालय, अस्पताललगायतमा त झनै गम्भीर भएर क्यूब टेस्ट, डण्डीको टेस्ट, निर्माण सामग्रीको टेस्ट अनिवार्य गर्नुपर्छ, किनकी त्यो सार्वजनिक महत्वको क्षेत्र हो – उनले भने ।
भवन निर्माण गर्दा नक्सा बमोजिम रड प्रयोग भएको छ वा छैन, निर्माण सामग्री गुणस्तरीय छ वा छैन लगायतबारे पत्ता लगाउन गरिने टेस्टलाई ‘एनडीटी’ टेस्ट भनिन्छ, भानु माविको हकमा त्यो अनिवार्य गर्नुपर्ने देखिन्छ – उनले भने ।
विभिन्न संचार माध्ययममार्फत सार्वजनिक भएका भानु माविको भवन निर्माणसंग सम्बन्धित तस्वीरहरु र नक्साको डिजाइन हेरेँ मलाई हात्तिपाइले आपत्तीजनक लाग्यो, नक्सा एउटा छ फिल्डमा त्यसो गरिएको छैन । त्यसैगरी स्लोबहरु मेन्टेन गरिएको छैन, डा. भेटवालले भने । हात्तिपाइले मापदण्ड अनुसार बनाउने हो प्राविधिकको रहरले बनाउने होइन – उनले थपे ।
भानु मावि परिसरभित्र निर्माण गरिएको यो भवन जेठ महिनाको मसान्तसम्म सम्पन्न गरिसक्नुपर्ने थियो । तर, विभिन्न कारणले अहिलेसम्म सम्पन्न भइसकेको छैन । यद्यपी, पहिलो चरणको भवन निर्माणको काम सम्पन्न भइसकेको फर्जी कागजपत्र, प्राविधिक प्रतिवेदन तथा अन्य बिलभर्पाइ समेत संलग्न राखी भुक्तानीको लागि बागमती प्रदेश शिक्षा विकास निर्देशनालयमा पेश गरिसकिएको तथ्य समेत हामीले सार्वजनिक गरिसकेको छ ।