
साउन ११,हेटौंडा/नेपालमा कोरोना भाईरस संङक्रमणका लक्षण सहितका संक्रमितहरु भेटिएपछि हेटौँडा अस्पतालका मेडिकल सुपरिटेन्डेन डाक्टर प्रविण श्रेष्ठले नागरीकहरु स्वयम् सचेत भई स्वास्थ सुरक्षा अपनाउन आग्रह गर्नुभयो ।एक सय बिस दिनको लकडाउन अन्त्य भएपछी हेटौँडा बजार क्षेत्रमा मानिसहरुको भिडभाड बढेको छ । मानिसहरुले सामाजिक दुरी कायम नगरी,मास्क प्रयोग नगरी हिडडुल गर्न थालेका छन् ।
कोरोना संक्रमण कायमै रहेका कारण सजकता नअपनाउँदा पछि भयाबह स्थिति आउने भन्दै डाक्टर श्रेष्ठले नागरीकहरुलाई सचेत रहन आग्रह गर्नुभयो । उहाँले छिमेकी तराईका जिल्लाहरुमा संङक्रमण फैलिरहेको अवस्थामा मकवानपुरमा अझै सजकता अपनाउनुपर्ने बताउनुभयो ।


सेयर गर्नुहोस्