
१३ साउन, रुकुम/रुकुम (पूर्व)मा आफ्नै १५ वर्षीया छोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा ३८ वर्षीय पुरुषलाई प्रहरीले पक्राउ गरेको छ।
ती पुरुषले घरमा सुतिरहेकी छोरीलाई शनिबार राति जबर्जस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय तकसेराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
यस्तै धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–३ बस्ने २८ वर्षीय महमद कलाम राईनलाई १८ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ।
किशोरीलाई जबर्जस्ती करणी गर्ने राइनलाई स्थानीयले फेला पारी कुटपिट गरी घाइते बनाएको भन्ने खबर प्राप्त भएपछि इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।



सेयर गर्नुहोस्