घाँटी दुखेर तनावमा हुनुहुन्छ ? यी खानेकुराहरु खानुहोस्

टुडे संवादाता
१३ श्रावण २०७७, मंगलवार २२:४२

हेटौंडा /धेरैलाई बेला बेलामा घाँटीमा समस्या भइरहने गर्छ । गर्मीमा चिसो पानी पिउदा घाँटी दुख्ने समस्या पनि हुन्छ । खासमा घाँटी दुख्नुको पछाडि ब्याटेरियाको भुमिका हुन्छ । घाँटी चिलाउने वा दुख्ने भएमा खानेकुराहरु निल्न पनि समस्या हुन्छ । खानेकुरा निल्न लाग्दा घाँटी दुख्ने गर्छ । घाँटी दुख्ने समस्या भएमा पोषणयुक्त खानेकुरा खानुपर्दछ ।

घाँटी दुखेमा रोगप्रतिरोध क्षमता वृद्धी गर्ने  खानेकुराहरु खानुपर्दछ । घाँटी दुखेको बेला केरा सजिलै खान सकिन्छ । बी(६, पोटासियम, भिटामिन सी पाइने केराको सेवनले घाँटी ठिक गर्न सहयोग गर्छ ।

घाँटी दुखेमा मह मिसाएको कागतीपानी खाएमा दुखाई कम हुन्छ । अदुवा हालेको तातो चिया खानु पनि राम्रो हुन्छ । हजारौ रोग निको पार्ने गुण भएको तुलसीले पनि दुखेको घाँटीलाइ राम्रो गर्छ ।

भिटामिन ए, सी, के, फाइबर प्रशस्त पाइने गाँजर उमालेर सेवन गर्नाले घाँटी ठिक गर्छ । प्रोटिनले भरिपूर्ण अण्डाले पनि घाँटीको दुखाइ र जलन कम गर्छ । त्यस्तै मासुको सुपले पनि घाँटी दुखाई कम गर्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*