जलेश्वरमा पनि पाँच दिन निषेधाज्ञा जारी

टुडे संवादाता
१६ श्रावण २०७७, शुक्रबार १२:५६

श्रावण १६, महोत्तरी /महोत्तरीको जलेश्वर नगरपालिका आजदेखि अनिश्चितकालका लागि बन्द भएको छ ।

प्रमुख प्रशासकीय अधिकृत रामुराज कडरियाले आज एक सूचना प्रकाशित गर्दै कोरोना भाइरसको सङ्क्रमणको रोकथाम तथा नियन्त्रणका लागि आजबाट अर्को सूचना नहुञ्जेलसम्मका लागि जलेश्वर नगरपालिका बन्द गरिएको जनाएका छन् ।

साउन ७ गते कोरोना संक्रमणबाट मृत्यु भएका महोत्तरी गाउँपालिका–३ का पुरुषको शव व्यवस्थापन र आइसोलेसनमा डिउटीमा खटेका १० नेपाली सेना, मृतकको परिवारका २ जना र जलेश्वरमा शिक्षकहरूमा समेत संक्रमण देखिएपछि निषेधाज्ञा लगाइएको हो । महोत्तरीमा संक्रमितको संख्या ८ सय ६३ पुगेको छ । जलेश्वरसहित प्रदेश २ ठूला सहर वीरगन्ज र राजविराजमा पनि निषेधाज्ञा लागू गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*