थप एक जना सहित मकवानपुरमा ४७ पुग्यो कोरोना संक्रमित

टुडे संवादाता
१६ श्रावण २०७७, शुक्रबार १३:२८

साउन १६,हेटौंडा/मकवानपुरमा कोरोना भाइरस संक्रमणको संख्या ४७ पुगेको छ ।बिहिबार मकवानपुरको बागमती गाउँपालिका वडा नंबर २ माझगाउँका एक जनाका संक्रमण पुष्टि भए संगै संक्रमितका संख्या ४७ पुगेको हो ।

९ दिन अघि विदेशबाट आएका संक्रमित व्यक्ति बागमती गाउँपालिका स्थित जनता माविको क्वारेन्टिनमा बसेका थिए । संक्रमित व्यक्तिलाई हेटौंडा स्थित कर्रा आईसोलेसन वार्डमा ल्याईएको वार्डका संयोजक भोलाप्रसाद चौँलागाईले बताए ।

संयोजक चौँलागाईको अनुसार संक्रमित व्यक्तिको स्वास्थ्य अवस्था सामान्य छ ।

यसैगरि मकवानपुरका ४७ जना संक्रमित मध्ये हालसम्म ३७ संक्रमित कोरोना मुक्त भएका छन् भने ६ संक्रमितको हेटौंडा स्थित कर्रा आइसोलेसन वार्ड तथा काठमाण्डौँ उपत्यका क्षेत्रमा ४ संक्रमितको उपचार भर्ईरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*