साउन १८,हेटौंडा /बसामाडी जेसिसले आईतवार हेटौंडामा माक्स वितरण गरेको छ । जेसिस सप्ताह २०२० को सप्ताहब्यापी कार्यक्रमको उद्घाटन कार्यक्रम अन्तर्गत आज माक्स वितरण गरिएको हो ।
बसामाडी जेसिस २०२०का अध्यक्ष बिबेक चौलागाईंको सभाध्यक्षतामा भएका हो ।कार्यक्रममा वडा प्रहरी कार्यालय हेटौंडाका प्रहरी निरीक्षक इश्वरी प्रसाद भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी भण्डारीले छिमेकी जिल्लामा कोरोनाको खतरा बढ्दै गएको कारण मकवानपुर बढी जोखिममा रहेको भन्दै पुर्ण स्वास्थ सतर्कता आपनाउन आग्रह गर्नुभयो ।उहाँले प्रहरीले जरिवाना लिने डरले भन्दा पनि आफ्नो सुरक्षाका लागि माक्स लागाउनुपर्ने बताउनुभयो ।
यस विषम परिस्थिमा समुदायमा कोरोना विरुद्ध लड्न जनचेतना जगाउने उदेश्यले कार्यक्रमको आयोजना गरिएको मुल कार्यक्रम संयोजक गौतम केसिले बताउनुभयो ।