सुनको भाउ लाख नाघ्यो

टुडे संवादाता
२२ श्रावण २०७७, बिहीबार ०९:५५

साउन २२,हेटौंडा/ नेपाली बजारमा सुनको भाउले पहिलोपटक १ लाख रुपैयाँको ‘खुट्किलो’ पार गरेको छ । गएको ११ चैतमा सरकारले लकडाउन घोषणा गरेयता सुनको भाउ तोलामै २४ हजार ४ सय महँगो भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि एक तोला सुनको भाउ १ लाख १ हजार ४ सय रुपैयाँ तोकेको छ।

अन्तर्राष्ट्रिय बजार विश्लेषकका अनुसार तोलाको लाखमै सुनको भाउ रोकिने वाला छैन। सुनको अन्तर्राष्ट्रिय बजार मूल्य प्रतिऔंश २८ सय देखि ३१ सय अमेरिकी डलर पुग्ने अनुमान छ।

केही दिन अघिमात्रै अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य कीर्तिमानी उचाइ बनाउँदै प्रतिऔंश २ हजार डलर पार गरेको छ। धेरैले अनुमान गरेजस्तो सुनको भाउ एक औंशको ३ हजार डलर पुगेको अवस्थामा नेपाली बजारमा एक तोला सुन किन्न झण्डै डेढ लाख रुपैयाँ खर्चनुपर्ने हुनसक्छ।

विश्व बजारमा सुनको भाउ चुलिनुमा अहिलेको संक्रामक रोग कोरोना भाइरस सबैभन्दा बढी जिम्मेवार छ। उक्त भाइरसका कारण विश्व अर्थतन्त्र दिनानुदिन प्रभावित बन्न थालेपछि लगानीकर्ताका धन सञ्चय गर्न सुनमात्रै सबैभन्दा आकर्षक विकल्प बनेको आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खवर छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*