साउन २०, हेटौंडा/बागमती प्रदेशको राजधानी हेटौंडामा दैनिक २० पटक भन्दा बढी लाइन काटिने गरेको छ । देशमा लोडसेडिङ हटेपनी प्रदेश राजधानीवासी बारम्बार बिजुली काटिने समस्याको अघोषित लोडसेडिङका कारण हैरान भएका छन् ।
सिस्टम डाउनका नाममा दैनिक २० पटक भन्दा बढी पटकपटक लाइन लाइन काटिने गर्दा समस्या हुने गरेको छ । बिद्युत प्राधिकरण हेटौंडा वितरण केन्द्रले विभिन्न समस्या आएको भन्दै फेसबुकमा सिस्टम डाउन भन्दै लाइन काट्ने गरेको छ ।
यसरी बिजुली बारम्बार काट्न थालिएको निकै समय भएपनी यस समस्याको समाधान हुन नसक्दा घर,कार्यलय,विभिन्न ब्यवसायमा निकै समस्या आइरहेका छन् । तर यस बिषयमा बिद्युत प्राधिकरण भने उदासिन देखिएको छ । केही समय अगाडी हेटौंडा बजारको फिडरमा समस्या आएकाले लाइन काटिएको प्राधिकरणले बताएको थियो ।
उक्त समस्या समाधान भैसकेको बताइएपनी पटकपटक लाइन जाने समस्या भने हल हुन सकेको छैन । पटकपटक लाइन आउने जाने हुदा घर,अफिस कल कारखानाका विद्युतीय सामानहरु बिग्रिन थालेको नगरिकले गुनासो गरेक छन् ।
पटकपटक लाइन आउनेजाने र भोल्टेज तलमाथी हुदा घरको युपिएस बिग्रियो हेटौंडा ५ सानोपोखराका श्रीधर लामिछानेले गुनासो गरे । बिजुलिकै कारण काम गर्न समस्या भएको र आफ्नो ब्यवसायलाई नै असर गरेको हेटौंडा संगम चोकका एक ब्यवसायीले बताए ।
सिस्टम डाउन भन्दै दैनिक २० पटक भन्दा बढी बत्ति आउने जाने हुदा आमा हेटौंडावासी मारमा परेका छन् भने विद्युतीय उपकरणहरुसमेत बिग्रिरहेका छन् । यसबारे सम्बन्धित निकायले छिटो भन्दा छिटो ध्यान पुग्न जरुरी छ ।बगमती खबर डटकमबाट
सेयर गर्नुहोस्