हेटौंडा/महिलालाई अश्लील भिडियो तथा अडियो रेकर्ड पठाउने अपशब्द प्रयोग गरी गाली बेईज्जती गर्ने महिलाको मूल्य तोक्दै सामाजिक सञ्जालमा अपमान गर्ने एक जना लाई प्रहरीले नियन्त्रणमा लिईएको छ ।
लामो समयको प्रयासपछि शुत्रबार ती ब्यक्तिलाई मनकामना चोक हेटौंडाबाट नियन्त्रणमा लिन सफल भएका हुन् ।
मकवानपुरको गढीगाउँपालीका वडा नम्बर ६ घर भएर हाल चितवन गड्यौली बस्ने २५ वर्षिय केदार प्रसाद घिमिरे फेक आईडी “बिपीन अधिकारी” लाई मकवानपुर जागरण अभियान अध्यक्ष्य कृष्णराज कोईराला र तरुण दल मकवानपुर अध्यक्ष ईश्वर पाठकको संयुक्त प्रयासकमा नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय मकवानपुरलाई बुझाईएको उनीहरुले बताएका छन् ।
सेयर गर्नुहोस्