बागमती प्रदेशमा पछिल्लो २४ घण्टामा थप ८३ जनामा कोरोना संक्रमण पुष्टि

टुडे संवादाता
२४ श्रावण २०७७, शनिबार १९:१९

हेटौंडा/बागमती  प्रदेशमा पछिल्लो २४ घण्टामा  थप ८३ जनामा कोरोना भाइरस संकमण पुष्टि भएको छ । प्रदेशको १० जिल्लामा थप ८३ जनामा कोरोना पुष्टि भएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार आज शनिबार थप हुनेहरुमा काठमाण्डौका ५६ जना,काभ्रेका ७ जना,रामेछापका ५ जना,ललितपुर र भक्तपुरका ३र३ जना रहेका छन् ।

यसैगरि धादिङ,चितवन,सिन्धु्ली र दोलखाका २र२ जना र नुवाकोटका १ जना गरि ८३ जना रहेका छन् ।

यो संगै प्रदेशमा संकमितको संख्या १६ सय ३७ पुगेको छ भने ११ संक्रमितको मृत्यु भएको छ । यसैगरि हालसम्म ६ सय संक्रमित उपचार पछि निको भएका छन् ।

त्यस्तै शुक्रबार भने प्रदेशको ६ जिल्लामा १ सय २१ जनामा कोरोना पुष्टि भएको थियो ।

यो पनि पढ्नुहोस

शनिबार थप ३ सय ७८ जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकामा मात्र ६२ जना कोरोना संक्रमित भेटिए

तिब्बत सरकारद्वारा बागमती प्रदेशलाई १३ करोडको स्वास्थ्य सामग्री सहयोग

हेटौंडा अस्पतालको इमर्जेन्सी वार्डलाई क्वारेन्टाइन बनाइयो

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*