![](https://www.hetaudatoday.com/wp-content/uploads/2020/06/gold_price_Agsw4krPez.jpg)
काठमाडौं/नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख ३ हजार ५ सयमा कारोबार भएकोमा आज तोलामा ९ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख २ हजार ६ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य १ लाख २ हजार एक सय निर्धारण गरिएको छ । त्यस्तै, चाँदीको मूल्य भने आज बढेको छ । चाँदी आज तोलामा ५ रुपैयाँ बढेर तोलाको १४ सय १० रुपैयाँ पुगेको छ ।
![](https://www.hetaudatoday.com/wp-content/uploads/2024/12/hetauda-today-samparka-ad.gif)
![](https://www.hetaudatoday.com/wp-content/uploads/2023/03/hotel-suryane.gif)
![](https://www.hetaudatoday.com/wp-content/uploads/2023/08/hetauda-today-add-1-1.gif)
सेयर गर्नुहोस्