
हेटौंडा/मकवानपुर बासीलाई कोरोना भाइरस भन्दा गर्मिले धेरै प्रभाब पारेको देखिन्छ । कारोनालाई बेवास्था गर्दै गर्मि छल्नको लागि त्रिखण्डी झरनामा नुहाउन आउने हरुको भिड बढेकोे देखिन्छ ।
शनिवार भैंसे स्थित भिमफेदी गाउँपालीका वडा नम्बर २ त्रिखण्डीमा नुहाउन आउने मानिसहरुको चहलपहल बढेको हो ।
बागमती प्रदेशमा कोरोना भाइरसको संक्रमण तिब्र गतिमा फैलिँदै गर्दा कोरोना भाइरसको प्रवाह नगरी मानिसहरु टाडाबाट त्यस ठाउँमा नुहाउन आएको पाईएको छ ।
भिमफेदी गाउँपालीका र जिल्ला प्रशासन कार्यालय मकवानपुरले भने यस विषयमा कुनै चासो दिईएको देखिदैन ।
मानिहरुको चहलपहल र भिडभाडमा कोरोना भाईरस छिटै संक्रमण फैलने गर्दछ । तर त्यस ठाउँमा न त समाजिक दुरी नै थियो न त भौतिक दुरी नै कायम थियो । मनिसहरु सबै फोटो खिच्न र नुहाउन मग्न थिए ।
यसै सन्दर्भमा “भैंसे ब्यारेकको झरना सँगै त्रिखण्डी र मानिसहरुको चहलपहल हुने सबै स्थान बन्द गर्न निर्देशन दिईसकेका छौं,मान्छेहरु आईरहेका होलान दुबै वडा अध्यक्ष र प्रहरी प्रशासनलाई कडाई गर्न खबर गर्छु ।” गाउँपालीका उपाध्यक्ष पार्वती रानाले हेटौंडा टुडेलाई बताउनुभयो ।
कोरोना भाइरस एक व्यक्तिबाट अर्का व्यक्तिमा सहजै सर्ने भएकोले यस्ता हुलदगां र मनिसहरुको चहलपहल हुन नदिन सरोकारवाला र प्रशासनको ध्यान जान जरुरी देखिन्छ ।
यो भिडियो हेर्नुहोस,

