हेटौंडामा भोलिबाट साउन ३२ सम्म निषेधाज्ञा

हेटौडा टुडे
२५ श्रावण २०७७, आईतवार १९:५६

हेटौंडा/हेटौंडा उपमहानगरपालिका र मनहरी गाउँपालिकाको राजमार्ग क्षेत्रमा भोली राती १२ बजेबाट साउन ३२ गते सम्म निषेधज्ञा जारी हुने भएको छ ।

आज मकवानपुुरमा २३ जनामा कोरोना पुष्टि भए संगै जिल्ला प्रशासन कार्यलय मकवानपुरले  आकस्मिक बैठक बसेको थियो ।

बैठकबाट जोखिमलाई मध्यनजर गर्दै साउन ३२ गते सम्म हेटौंडा उपमहानगरपालिका र मनहरी गाउँपालिकाको राजमार्ग क्षेत्रमा निषेधज्ञा जारी गर्ने निर्णय गरेको हो ।

प्रशासनले अत्यावश्यक बाहेक घरबाट बाहिर ननिस्कन आग्रह गरेको छ । पछिल्लो दिनहरुमा मकवानपुरमा संक्रमित बढीरहेका छन् ।

हेर्नुहोस निर्णय

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*