वीरगन्जमा कोरोना भाइरसबाट थप एक जनाको मृत्यु

टुडे संवादाता
२६ श्रावण २०७७, सोमबार ११:३३

वीरगन्ज/वीरगन्जमा कोरोनाभाइरस संक्रमणबाट थप एक जनाको निधन भएको छ । शनिबार राति नारायणी कोरोना विशेष अस्पताल गण्डकमा ४५ वर्षिय महिलाको मृत्यु भएको हो ।

उनको मृत्युपछि कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो । उनको उपचारको क्रममा निधन भएको अस्पतालका संयोजक डा.उदय नारायण सिंह बताउनुभयो ।
डा.सिंह का अनुसार महिलालाई पहिले नै उच्च रक्तचाप र थाइराइडको समस्या थियो ।

योसँगै वीरगन्जमा मात्र साउन महिनामा १८ जनाको निधन भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*