खानेपानी संस्थान बुटवलका प्रमुख इन्जिनीयर घुस रकमसहित रङ्गेहात पक्राउ

टुडे संवादाता
२६ श्रावण २०७७, सोमबार १२:३४

बुटवल/ नेपाल खानेपानी संस्थान बुटवलका प्रमुख इन्जिनीयर घुस रकमसहित रङ्गेहात पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले प्रमुख इन्जिनीयरलाई दुई लाख ३३ हजार पाँच सय  नगद र बैंकमा जम्मा गरेको आठ लाख २२ हजार रुपैयाँको भौचरसहित आइतबार अपराह्न धादिङको धुनिबेँसीबाट पक्राउ गरेको बताएको छ ।

नेपाल खानेपानी संस्थान बुटवलका प्रमुख इन्जिनीयर सन्तोष साहले खानेपानी शाखा कार्यालयका सेवाग्राहीसँग घुसबापतको रकम उठाएर काठमाडौँ आएको सूचनाका आधारमा आयोगको केन्द्रीय कार्यालयबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको अख्तियारले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*