ट्रकभित्र युवतीलाई जबरजस्ती करणी गर्ने दुई जना पक्राउ

टुडे संवादाता
२६ श्रावण २०७७, सोमबार १५:५७

काठमाडौं/ट्रकभित्र २१ वर्षीया युवतीलाई जबरजस्ती करणी गर्ने दुई जना पक्राउ परेका छन । पक्राउ पर्नेमा ललितपुर हरिसिद्धि बस्ने चितवन खैरेनी नगरपालिका-३ घर भएका २८ वर्षीय रामशरण बिक र नुवाकोट विदुर नगरपालिका-८ घर भएका रामकुमार सुनुवारलाई २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूले ती युवतीलाई रोकी राखेको ग १ ख २३३८ नम्बरको ट्रकभित्र जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त भएपछि महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*