मकवानपुरमा अवैध लागुऔषध सहित ४ जना पक्राउ

टुडे संवादाता
२६ श्रावण २०७७, सोमबार १८:४८

हेटौंडा/जिल्ला प्रहरी कार्यालय मकवानपुरले अवैध  लागुऔषध  सहित ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्सा बिरगंज महानगरपालिका वडा नं.२४ बस्ने १८ बर्षिय आशिष तिवारी, मकवानपुर हेटौंडा उपमहानगरपालिका वडा नं.९ बस्ने ३२ बर्षिय प्रदिप पाण्डे, हेटौंडा उपमहानगरपालिका वडा नं.१२ बस्ने २८ बर्षिय बिरेन मोक्तान र सोही स्थान बस्ने बुद्धि घिसिङ रहेका छन् ।

ईलाका प्रहरी कार्यालय पशुपतीनगर तथाप्रहरी चौकी मयुरधापबाट खटिएको चेकिङ टोलीले हेटौंडा उपमहानगरपालिका वडा नं.१४ र १५ स्थित सडक खण्डबाट पक्राउ गरेको हो । हेटौंडा तर्फ आँउदै गरेको बिआर ०५ एए ०६०५, ग ५ प ४२२३, प्रदेश ३–०२–००२ प ४५४१ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा चार जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रबक्ता इन्द्र बहादुर रानाले बताए ।

उनीहरुको साथबाट विन्किरिकस १०० मि.ली. को १९५ बोतल, नाईट्रोभेट ६०० टयाबलेट बरामद गरिएको छ । पक्राउ परेका लाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*