हेटौंडा/ गएराती १२ बजेबाट मकवानपुर प्रशासनले निषेधाज्ञा जारी गरेको गरे सँगै आज बिहानैबाट हेटौंडा बजार सुनसान देखिन्छ । मकवानपुरमा कोरोना संक्रमित एकै पटक वढ्न थालेपछी कमाण्ड पोष्टको बैठकको सिफारिसका आधारमा सुरक्षा समितिले हेटौंडा उपमहानगरपालिकाको सबै वडा र मनहरी गाउँपालिकाको राजमार्ग क्षेत्रमा निषेधाज्ञा जारी गरिएको हो ।
प्रशासनले सोमबार निषेधज्ञा सम्बन्धी सूचना निकाल्दै आज रातीबाट साउन ३२ गते राति १२ बजे सम्म निषेधाज्ञा जारी रहने जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।
निषेधाज्ञा जारी गरेको आज पहिलो दिन हेटौडा बजारका विभिन्न चोक चोकमा प्रहरीको कडिकडाउ छ भने बजारमा एम्बुलेन्स, विरामी बोकेको गाडि, खा्रद्य वस्तु जस्तै दुध, तरकारी, खानेपानिका गाडि निर्वाद रुपमा संचालन भईरहेका छन भने त्यस्तै , शव बाहन, फोहोर व्यवस्थापनको गाडि, , संचारकर्मी, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने गाडिहरु सडकमा गुडेको देखिन्छ । ।
हेनुहोस आजको हेटौंडाको यी तस्बिरहरु ।
सेयर गर्नुहोस्