कर्रामा रहेको श्रमिक माविको आईसोलशन गौरीटारमा सारिदै

हेटौंडा टुडे
२७ श्रावण २०७७, मंगलवार २२:१९

हेटौंडा \ हेटौंडाको गौरिटारमा कोरोना आइसोलेसन वार्ड बन्ने पक्का भएको छ । विद्यालयबाट आईसोलेशन हटाउने निर्णय अनुसार हेटौंडाको श्रमिक माध्यमिक बिद्यालयबाट हेटौंडाको केन्द्रिय खेलकुद प्रतिष्ठान गौरीटार रंगशाला को छात्राबासको भवनमा स्थानान्तरण गरिने भएको छ । गौरीटार रंगशालाको छात्राबासमा स्थापना गरिन लागेको स्थानमा प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल स्वयम् पुग्नुभएको छ ।

स्थानको अवलोकन गर्दै मुख्यमन्त्री पौडेलले यसलाई छिटोभन्दा छिटो स्थानान्तरण गर्न निर्देशन दिनुभयो । प्रदेशमा कोरोना सङ्क्रमण फैलन सक्ने तर्फ सचेत हुन आग्रह गर्दै उहाँले प्रदेश सरकारले पुर्ण सहयोग गर्ने बताउनुभयो ।

यसैगरी सामाजिक विकास मन्त्री युवराज दुलालले छात्राबास सङ्गै बन्दै गरेर अन्तिम चरणमा रहेको कभर्डहलमा समेत संक्रमित राख्न सकिने भन्दै यसलाई आवश्यकता अनुसार निर्माण गरिने जानकारी दिनुभयो । हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले यसको व्यवस्थापनमा जनशक्ति, आर्थिक लगायतका काममा सहयोग हुने बताउनुभयो ।

यसैगरी प्रदेशका अन्य जिल्लामा विद्यालयमा रहेका आईसोलेशन र क्वारेन्टाइन पनि हटाएर अन्य स्थानमा राखिने भएको छ । बागमती प्रदेश कोभिड संकट व्यवस्थापन समितिले सोमबारमात्र बिद्यालयबाट आइसोलेशन र क्वारेन्टाइन हटाउने निर्णय गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*